Municipal Network
Learn more ↗
ग

गुलरिया नगरपालिका

गुलरिया नेपालको लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा अवस्थित एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो। वि.सं.

Government administration · Nepal · 0 followers

Overview

गुलरिया नेपालको लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा अवस्थित एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो। वि.सं. २०५३ साल माघ ११ गते यस जिल्लाको तत्कालिन खैरापुर, मथुराहरिद्वार र आदर्श गुलरिया गाविसलाई समायोजन गरि यसलाई नगरपालिका घोषणा गरिएको थियो। यो नगरपालिका नेपालगञ्ज उपमहानगरपालिकाको ३५ किलोमिटर दक्षिणमा अवस्थित छ। वि.सं. २०७३ मा स्थानीय तह लागू हुँदा बर्दिया जिल्लामा साविकको गुलरिया नगरपालिका र महम्मदपुर गाउँ विकास समितिलाई समेटेर गुलरिया नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। यस नगरपालिकाको कुल जनसङ्ख्या ६६,६७९ रहेको छ भने यसको क्षेत्रफल ११८.२१ वर्गकिलोमिटर रहेको छ। यस नगरपालिकालाई १२ वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको सिमाना पूर्वमा बढैयाताल गाउँपालिका, पश्चिममा भारत, उत्तरमा बारबर्दिया नगरपालिका तथा दक्षिणमा भारत रहेको छ।

Interested in working with us in the future?

Follow to see new jobs and posts in your feed.

No news yet.